गृहपृष्ठ बालेन्द्र सरकारकाे पहिलो निर्णय: जाँचबुझ आयोगकाे प्रतिबेदन कार्यान्वयन गर्ने

बालेन्द्र सरकारकाे पहिलो निर्णय: जाँचबुझ आयोगकाे प्रतिबेदन कार्यान्वयन गर्ने


चैत १३ , २०८२

बुटवल टाइम्स

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन समिति गठन गरिनेछ। सो समितिको सिफारिसका आधारमा आवश्यक निर्णय गरिने बताइएको छ।

अन्य विषयमा भने आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारीसमेत तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु