गृहपृष्ठ सुपा मन्दिरबाट फर्कँदै गरेको बस दुर्घटना, मृतकको संख्या बढ्न सक्ने
सुपा मन्दिरबाट फर्कँदै गरेको बस दुर्घटना, मृतकको संख्या बढ्न सक्ने
अर्घाखाँची । मंगलबार साँझ शितगंगा नगरपालिका–२, भुवनपाटा स्थित गोरुसिङ्गे–सन्धिखर्क हाइवेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
लु २ ख ३०३ नम्बरको बस सुपा मन्दिर दर्शन गरी नवलपरासी फर्कँदै गर्दा अचानक अनियन्त्रित भई सडकबाट करिब २०–३० मिटर तल खसेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा १८ जनाको टोली तथा प्रहरी नायब उपरीक्षक अर्जुन वस्नेतको नेतृत्वमा ८ जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।
मृतकहरूको विवरणः
१. जमुना बस्याल (५५, बुटवल) – ठाडा स्वास्थ्य केन्द्रमा मृत घोषणा
२. उमा न्यौपाने (४५–५०, नवलपरासी) – मृत घोषणा
३. नाम नखुलेकी महिला (६०–६५, नवलपरासी) – मृत घोषणा
४. मदन कुमार बिक (४५–५०, बर्दघाट) – चालक, मृत घोषणा
घाइतेहरूको सूची (केही बुटवल रेफर)ः
सन्तोष कँडेल (३६, नवलपरासी)
अमर कँडेल (४, नवलपरासी)
अरुण भट्टराई (१९)
आशिष अधिकारी (३१)
लक्ष्मी अधिकारी (२७)
आन्दा अधिकारी (४)
आयांश अधिकारी (१४)
चन्द्रकला भट्टराई (४०)
सक्षम चापागाईं (१७, रुपन्देही)
मित्रबन्धु अधिकारी (४५, बर्दघाट)
कलम सापकोटा (५५)
लक्ष्मण पंगेनी (४८)
मनकुमारी घिमिरे (४०)
दीपक अधिकारी (२९)
दण्डपाणि बस्याल (५०, बुटवल)
झविकला पाण्डे (३६, बर्दघाट)
गणेश बस्याल (२५, बुटवल)
रामु अधिकारी (३२, बुटवल)
अन्य घाइतेहरूको विवरण आउन बाँकी छ।








