गृहपृष्ठ जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता

जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता


रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ।

तिलोत्तमा-२, जानकीनगरका स्थायी बासिन्दा पाठक बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १०, चौराहमा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार, आज दिउँसो ३:३३ बजे आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ गइरहेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु