गृहपृष्ठ लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
यसअघि, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गते बसेको बैठकमा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आज बैठक आह्वान गरेका हुन्।
साथै, सातैवटै प्रदेश सरकारले आगामी जेठको पहिलो साता नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोले अधिवेशन त्यसअनुरूप तय गरिएको बताइएको छ।










