पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : प्रदेश भागबन्डा टुङ्गोमा पुगेको छैन
काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् ।
बैठकले वैशाख १५ हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘अध्यक्षज्यूले प्रदेशको सिट बाँडफाँटमा कुनै सहमति नभएको बैठकलाई जानकारी गराउनुभएको छ । गठबन्धन दलहरूबिच छलफलमै रहेकाले कुनै सहमति नभएको बताउनुभएको छ’, सचिव शर्माले भने ।
यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताएका छन् । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई...