गृहपृष्ठ सडक दुर्घटना: काठमाडौँ-प्युठान बस र टाटा सुमो आपसमा ठोक्किए
सडक दुर्घटना: काठमाडौँ-प्युठान बस र टाटा सुमो आपसमा ठोक्किए
राप्ती गाउँपालिका–१, भालुबाङ नयाँ बसपार्कमा काठमाडौँबाट प्युठान जाँदै गरेको नाइट बस (लुम्बिनी प्र.०१–००१ख–००९४) र प्युठानबाट घोराही जाँदै गरेको टाटा सुमो (रा.१ज.७३८) आपसमा ठोक्किएको छ।
बिहान करिब ८:२० बजे भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। तर, दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
बस समितिका कर्मचारीले घटनाको पुष्टि गरेका छन्।












