गृहपृष्ठ रामेछापका दुई युवकबीचको झगडा हत्या सम्म पुग्यो

रामेछापका दुई युवकबीचको झगडा हत्या सम्म पुग्यो


ललितपुर, इमाडोल – ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचुहाइटमा गएराति खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार मृतक ३० वर्षीय रिपक खाती हुन्, जो रामेछापका स्थायी बासिन्दा थिए तर हाल इमाडोलमा बस्दै आएका थिए।

घटना राति करिब १२:४५ बजे भएको हो। रामेछापकै २५ वर्षीय सुमन रसाइलीले आपसी विवादका क्रममा खुकुरी प्रहार गरी खातीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एसपी नरहरि रेग्मीका अनुसार हत्यापछि रसाइलीलाई पक्राउ गरिएको छ।

मृतकको घाँटीको दुवै भाग र गालामा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु