गृहपृष्ठ प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा

प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा


काठमाडौं, १४ चैत – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको छ। बुधबारको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो।

आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

त्यसैगरी, नेपाल हवाई सेवा प्राधिकरण विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ। साथै, निकासी तथा पैठारी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूचीसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु