गृहपृष्ठ पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा: माधवकुमार नेपालविरुद्ध अख्तियारको ठोस कदम
पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा: माधवकुमार नेपालविरुद्ध अख्तियारको ठोस कदम
२२ जेठ, काठमाडौं ।
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि औपचारिक रूपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समय पतञ्जलि योगपीठलाई जडीबुटी खेती तथा आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा सरकारी जग्गा उपलब्ध गराइएको थियो। तर, उक्त जग्गा पछि मन्त्रिपरिषद्को निर्णयमार्फत बिक्री भएको खुलेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।
यसै सन्दर्भमा, आयोगले नेपाललाई मुख्य प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। आयोगका अनुसार, जग्गा बिक्री प्रक्रियामा भएको अनियमितता र नीतिगत निर्णय दुरुपयोगले भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
यो घटनालाई नेपाली राजनीतिमा पूर्व उच्चपदस्थ व्यक्तिमाथि कानुनी जवाफदेहिता सुनिश्चित गर्न गरिएको निर्णायक कदमका रूपमा हेरिएको छ।









