गृहपृष्ठ नीति निर्माणको थलो संसद कि आरोपको अखडा? कोइरालाको कूटनीतिक टिप्पणी

नीति निर्माणको थलो संसद कि आरोपको अखडा? कोइरालाको कूटनीतिक टिप्पणी


काठमाडौं, २२ जेठ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनको मूल सर्तमध्ये एक संविधान संशोधन रहेको उल्लेख गर्दै अब त्यसतर्फ ठोस प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले संविधान कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्न ढिलो नगरी समिति निर्माण गरेर प्रक्रिया प्रारम्भ गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

‘संविधान संशोधनमा सहमति गरेर सरकार बनेको हो भने त्यसलाई कार्यान्वयनमा लैजानु हाम्रो जिम्मेवारी हो,’ कोइरालाले भने, ‘सुरु गर्नुपर्‍यो, समय लागोस् तर पहल नगरी अघि बढ्दैन।’

अर्को प्रसंगमा उनले केन्द्र सरकार प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्न थालेको आरोप लगाउँदै यसले संघीयताको मर्ममाथि नै आघात पुग्ने बताए। उनले सेयर राइडिङ नियमन प्रकरण उदाहरण दिँदै संविधानअनुसार प्रदेशका अधिकार सिमित गर्न खोजिनु अस्वीकार्य भएको उल्लेख गरे।

पछिल्ला संसदीय गतिविधिप्रति असन्तुष्टि जनाउँदै डा. कोइरालाले संसद नीति निर्माणको थलो भएकाले त्यहाँ व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा समाधानमुखी छलफल हुनुपर्नेमा जोड दिए। साथै, नागरिकमा बढ्दो निराशा चिर्न राजनीतिक दलहरू एकजुट हुनुपर्ने र कांग्रेसले त्यसमा सक्दो भूमिका खेलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु