स्वास्थ्य

काठमाडौं-पोखरा बाटो २४ घण्टादेखि अवरुद्ध

काठमाडौं-पोखरा बाटो २४ घण्टादेखि अवरुद्ध

समाचार, स्वास्थ्य
६ भदौ, तनहुँ । अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । तनहुँ घाँसीकुवामा हिजो बुधबार साँझ खसेको पहिरो आजसम्म हटाउन नसक्दा सडक अवरुद्ध बनेको हो । सडकको पहिरो बिहीबार बिहानैबाट हटाउन सुरु गरिएको थियो । तर सडकमा ठूला रुखसहित पहिरोले खसेकाले पहिरो हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग-अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । दमौलीबाट तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किने बाटोलाई वैकल्पिक बाटोका रुपमा ...
हुम्ला जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

हुम्ला जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

समाचार, स्वास्थ्य
६ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल छन्। मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । मल्ल उक्त जिपका मालिक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।...
संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

समाचार, स्वास्थ्य
५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर भएको हो । अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रममा मन्त्री पौडेलले अ...
१५ करोडको अस्पताल भवन हस्तान्तरण नहुँदा उपयोगविहीन

१५ करोडको अस्पताल भवन हस्तान्तरण नहुँदा उपयोगविहीन

समाचार, स्वास्थ्य
३२ साउन, नवलपुर । नवलपरासीको डेढगाउँमा १५ करोड ३२ लाख रुपैयाँमा बनेको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगविहीन बनेको छ । निर्माण कम्पनीले भुक्तानी नपाउँदा ५ महिनादेखि उपयोगविहीन भएको हो । प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । ‘निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ बस्नेतले भने । बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्...
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

अन्तर्राष्ट्रिय, स्वास्थ्य
३१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ । कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ । अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा स...
अस्पतालमा बिरामीको लाइन हटाउने योजनामा प्रधानमन्त्रीको चासो

अस्पतालमा बिरामीको लाइन हटाउने योजनामा प्रधानमन्त्रीको चासो

समाचार, स्वास्थ्य
२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको हटाउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदहाली गरेदेखि नै अस्पतालमा लाग्ने लाइनहरू हटाउन सुझाव संकलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि त्यसमा रूची देखाएका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । बिरामीलाई भर्न...
बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
२४ साउन, काठमाडौं । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकार...
हेलिकप्टर दुर्घटनाका शवको पोस्टमार्टम गरिंदै

हेलिकप्टर दुर्घटनाका शवको पोस्टमार्टम गरिंदै

समाचार, स्वास्थ्य
२४ साउन, काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।...
हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलिदेखि

हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलिदेखि

समाचार, स्वास्थ्य
२३ साउन, काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुनेछ । उनका अनुसार शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।...
हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

समाचार, स्वास्थ्य
२३ साउन, काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ । सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ । ‘शव ल्याइपुर्‍याउन एक–दुई घण्टा लाग्छ भन्ने जानकारी प्राप्त भएको छ । शव आज सुरक्षित रुपमा फ्रिजमा राख्छौं’, डा. चौधरीले अनलाइखबरसँग भने, ‘भोलि बिहान ८ बजेबाट पोस्टमार्टम गर्ने योजनामा छौं ।’ उनका अनुसार प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ । डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिन्छ । ‘हामीलाई मृत्युको कारण स्पष्ट छ । तर कुन...