समाचार

संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन

संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन

समाचार
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को नेतृत्वमा संयुक्त विद्यार्थी सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको डीन, विभिन्न विभागका प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरिनुपर्नेमा वर्णानुक्रम अनुसार नियुक्त गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्यहरू प्रेमिका रानामगर, धर्मराज शाही, विक्रमादित्य गिरी, जगतजंग विष्ट लगायतको उपस्थिति रहेको थियो । आफ्नो खल्तीको मान्छेलाई पदाधिकारी बनाउने उपकुलपतिको निर्णयलाई कुनै पनि हालतमा नमान्ने रानामगरले बताइन् । त्यस्तो भएमा उपकुलपतिका विरुद्ध कडा सङ्घर्षको कार्यक्रम घोषणा गर्ने उनको भनाइ थियो । लिखित परीक्षा पनि हुने, अन्तर्वार्ता पनि हुने र नम्बर पनि चढाइने तर, अन्तिममा बढी नम्बर ल्याउने उम्मेदवार छनौट नहुने उनको भनाइ ...
गेटा विश्वविद्यालय स्थापनार्थ पाण्डेले पशुपतिबाट थाले शौचालय सरसफाइ अभियान

गेटा विश्वविद्यालय स्थापनार्थ पाण्डेले पशुपतिबाट थाले शौचालय सरसफाइ अभियान

समाचार
धनगढी । कैलालीको गोदावरी नगरपालिका घर भएका लोकराज पाण्डे ‘आगो’ले पशुपति मन्दिरस्थित शौचालय सरसफाइ गर्दै स्वच्छता अभियान सुरु गरेका छन् । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समिति संयोजक समेत रहेका आगोले बुधवार परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक स्थल सरसफाइ अभियान थालेका हुन् । ‘स्वच्छता नै जीवन हो’ भन्ने मूल नारा बनाएका उनले आज काठमाडौँस्थित पशुपति क्षेत्र अन्तरगत रहेको शौचालय सरसफाइ गरेको बताएका छन् । अभियान अन्तरगत प्रत्येक बुधवार सार्वजनिक विद्यालय, मठ मन्दिरलगायत सार्वजनिक स्थलको जीवन रहुन्जेल सरसफाइ गर्ने आफ्नो योजना रहेको सुनाए । अभियानलाई देशव्यापी बनाउने समेत उनले सङ्कल्प गरेका छन् । @रातोपाटी...
योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔँ : मुख्यमन्त्री आचार्य

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔँ : मुख्यमन्त्री आचार्य

समाचार
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धि खर्कमा आज आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । उनले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी गर्नुपर्ने बताएका छन् । चालू आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्दे लुम्बिनी पूरक र रुपान्तरण नगरी त्यही बजेटलाई कार्यान्वयन गर्ने प्रस्टाए । उनले योजना कार्यान्वयन हुँदा गरिने बदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिस्पर्धाको माध्यमबाट गर्ने अगाडि बढाउने बताए। समीक्षा कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पूर्वमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्वय समिति अर्घाखा...
संविधानको मर्म र भावना विपरीत अधिकारहरू कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

संविधानको मर्म र भावना विपरीत अधिकारहरू कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

समाचार
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् । बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् । उनले ८÷९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको बताएका हुन् । उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद् नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए ।...
प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित

प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित

समाचार
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपीबी) को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित भएका छन् । ‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मङ्गलबार सार्वजनिक गरिएको हो । आइएपीबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुको छाता सङ्गठनका रुपमा रहेको आइएपीबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक सङ्घहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् । नेपाल नेत्रज्योति सङ्घ विगत एक दशकभन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । सङ्घ नेपालबाट अन्धोपन नि...
रेशम र रञ्जिताबिच सहमति, पार्टीमा दुवै जना अध्यक्ष

रेशम र रञ्जिताबिच सहमति, पार्टीमा दुवै जना अध्यक्ष

समाचार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरी बिचको विवाद समाधान भएको छ । दुवै जनाको बिचमा सहमति भएपछि संयुक्त हस्ताक्षरबाट असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अब सो पार्टीमा दुवै जना अध्यक्ष रहने सहमति भएको छ । पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगमा परेको उजुरीको कारण उनको अध्यक्ष पद विवादमा परेको थियो । त्यसपछि रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको घोषणा गरेकी थिइन् । अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुन् । दुवै पक्षबिच विवाद यति उग्र भयो कि पार्टी कार्यालयमा दुवै पक्षका बिच हात हालाहाल समेत भएको थियो । त्यस यता पार्टी दुई गुटमा विभाजित भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहेका थिए ...
भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही विवादमा, परिसरले अनुसन्धान गर्दै

भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही विवादमा, परिसरले अनुसन्धान गर्दै

समाचार
काठमाडौँ । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही विवादमा तानिएकी छन् । आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो । बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’ बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन...
दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग

दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग

समाचार
काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ । असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ । युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप छ । @रातोपाटी...
शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त

शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त

समाचार
काठमाडौँ । शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूलाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन शर्त अघि सारेको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार शैक्षिक परामर्शदातृ संस्थाहरूले नेपालका विश्वविद्यालयहरू, तिनमा पढाइ हुने कार्यक्रमहरू र नेपालमा प्राप्त हुने अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने छ । यस्तै, मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नुपर्ने छ । शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीक...
बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

समाचार
९ असोज, बाजुरा । चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । @अनलाइनखबर...