नाउपामा मिलन : रेशमको नेतृत्व, रञ्जिताको हस्ताक्षर
८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको छ ।
संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् ।
नेताहरुका अनुसार सोमबार ७ भदौमा दुबै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी भएका हौं र एक रहने छौं’, भन्ने सन्देशसहित रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेका छन् ।
महासचिव गंगाराम चौधरी भन्छन्, ‘मिल्नुबाहेक विकल्प थिएन । उहाँहरु मिल्दा कार्यकर्ता खुसी भएका छन् । अब संगठनको काममा लाग्छौं ।’
दुबैको नेतृत्व, रञ्जिताको हस्ताक्षर
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला ...