‘मेरो जीवन भोलेन्टियरमै बितोस्, तर खेलाडीले बस्ने-खाने व्यवस्था होस्’
१९ भदौ, काठमाडौं । नेपाललाई ओलम्पिकमा पदक जिताउने तेक्वान्दोका प्रशिक्षक कविराज नेगीले आफू जिन्दगीभर स्वयंसेवा गर्न तयार रहेको तर खेलाडीलाई कम्तीमा खान पुग्ने बन्दोबस्त हुनुपर्ने बताएका छन् ।
पेरिस पारा ओलम्पिकमा के ४४ क्याटेगरी ५७ केजी तौलमुनि समूहमा नेपालकी पलेशा गोबर्द्धनले कांस्य पदक जितेकी छन् । ओलम्पिकमा पहिलो पदक जिताउने पलेशाका प्रशिक्षक नेगीले खेलाडीका लागि न्यूनतम आवश्यकता पूरा हुने व्यवस्था राज्यले गर्नुपर्ने बताए ।
‘सबै खेलाडीहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्यको व्यवस्था मिलाएर ट्रेनिङ गर्ने वातावरण बनाइदिए पाराबाट आगामी दिनमा धेरै मेडलहरु आउँछन्’, बुधबार स्वदेश फर्केपछि उनले भने ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिदै आएका नेगी आफ्नो भन्दा बढी खेलाडीको चिन्ता गर्छन् । ‘म एउटा स्वयं स...