खेलकुद

लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

खेलकुद, समाचार
६ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने । यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र ...
नेपाल पुलिसले जित्यो काभा महिला क्लब भलिबल च्याम्पियनससपको उपाधि

नेपाल पुलिसले जित्यो काभा महिला क्लब भलिबल च्याम्पियनससपको उपाधि

खेलकुद, समाचार
६ असोज, काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गरेको हो । ६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो । पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताज...
एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुला, ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख

एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुला, ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख

खेलकुद, समाचार
५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् । अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानका प्रबक्ता छुम्बी लामा बताउँछन् । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ...
महिला लिग : कोशीको पोष्टमा रश्मीको पाँच गोल

महिला लिग : कोशीको पोष्टमा रश्मीको पाँच गोल

खेलकुद
४ असोज, काठमाडौं । एन्फा महिला लिग अन्तर्गत सातौं चरणको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध एपीएफ ८–० ले विजयी भएको छ । एपीएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले ५ गोल गरेकी छन् । एपीएफका लागि पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दिलाएकी हुन् । रश्मी कुमारी घिसिङको असिस्टमा उनले गोल गरेकी हुन् । खेलको १९ औं मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफका लागि फ्रि किकमा गोल गरिन् । पहिलो हाफमा २–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ६ गोल थप्यो । खेलको ५६औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफविरुद्ध ३–० को अग्रता बनाइन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको ८० मिनेटमा कोशी १० खेलाडीमा सीमित बन्यो । खेलको ८० औं मिनेटमा कोशीकी नेहा कुमारी चौधरीले सविता राना मगरलाई फाउल गर्दा उनी दोहोरो पहेंलो कार्डसहित मैदानबाट बाहिरिएकी थिइन् । पोष्टको वायाँपट्टीबाट ...
नेपालविरुद्ध ओमान : हेड टु हेड

नेपालविरुद्ध ओमान : हेड टु हेड

खेलकुद, समाचार
२ असोज, काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल हो । नेपाल र ओमानबीच ओडीआईमा ७ खेल भएका छन् । नेपाल ३ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएकोछ । नेपाल र ओमानबीच पहिलो पटक सन् २०२० मा त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग–२ मा प्रतिस्पर्धा भएको थियो । उक्त लिग–२ मा नेपाल दुबै खेलमा १८ रन र ८ विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले सन् २०२१ मा अल अमरेतमा ओमानसँग लिग–२ खेलेको थियो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले हराएको थियो । सन् २०२२ को जुनमा अम...
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै

लिग २ मा आज नेपालले ओमानसँग खेल्दै

खेलकुद, समाचार
२ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ । नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपाल...
काभा लिग च्याम्पियनसिपमा पुलिसको लगातार तेस्रो जित

काभा लिग च्याम्पियनसिपमा पुलिसको लगातार तेस्रो जित

खेलकुद, समाचार
१ असोज, काठमाडौं । काभा महिला क्लब भलिबल लिग च्याम्पियनसिपमा नेपालको विभागीय क्लब नेपाल पुलिसले तेस्रो जित निकालेको छ । पुलिसले ताजकिस्तानको डियामेद भलिबल क्लबलाई ३–० को सेटमा हराएके हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१५, २५–१२ र २५–१५ ले हराएको हो । पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको ह्युमो क्लबलाई र दोस्रो खेलमा श्रीलंकाको एयर फोर्स क्लबलाई ३–० को सेटमा हराएको थियो । पुलिसले चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ । पुलिस गत चैतमा भएको एनभीए क्लब च्याम्पियनसिपको विजेता बन्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलेको हो । @अनलाइनखबर...
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

खेलकुद, समाचार
१ असोज, काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट नबित्दै संकटाकी ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा साबित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन् । लगत्तै निशा थोकरले उक्त बल क्लियर गर्दै एपीएफको संकट टारिन् । २१ औं मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन् । अनिता केसीले ५१ औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनि...
डेभिड वार्नरलाई एनपीएल खेलाउन नेपाल ल्याउने पहल

डेभिड वार्नरलाई एनपीएल खेलाउन नेपाल ल्याउने पहल

खेलकुद, समाचार
३० भदौ, काठमाडौं । विश्व क्रिकेटका सुपरस्टार अष्ट्रेलियाका डेभिड वार्नरलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ खेलाउन नेपाल ल्याउने तयारी भएको छ । वार्नरलाई नेपाल ल्याउन एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनीले कुराकानी अगाडि बढाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी खेलाडी ल्याउने जिम्मा फ्रेन्चाइज टोलीलाई नै दिएपछि क्लबहरु आफैंले विश्वका स्टार क्रिकेटरहरुसँग छलफल गरिरहेका छन् । ‘हामीले वार्नरसँग एक पटक कुराकानी गरेका थियौं । उनी नेपाल आउन सकरात्मक थिए’, लुम्बिनीको स्वामित्व किनेको फरच्युना हेल्थ केयर प्रालिका प्रबन्ध सञ्चालक ईश्वर जिसीले अनलाइनखबरसँग भने । तर वार्नरले नेपाल आउन भने केही शर्त राखेका छन् । वार्नरले यो लिगमा को को खेल्छन् भनेर प्रश्न गरेको ईश्वर बताउँछन् । उनले विश्वप्रसिद्ध खेलाडी आएमा आफू पनि आउन सक्ने जवाफ दिएको बताएका छन् । यो कुराकानी एजेन्ट मार्फत गरेको जिसी ...
एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

खेलकुद, समाचार
३० भदौ, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ । ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ । यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ । ट्रफीलाई १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ । समर्थकले प्रतियोगिताको ट्रफीलाई नजिकबाट देखाउन ट्रफी टुर गराउन लागिएको आयोजकले जनाएको छ । असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला हुने यस प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको महिला भलिबल फ्रेन्चाइजमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, कर्णाली र मधेश गरी ६ वटा टिम छन्...