२३ भदौ, जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।
गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।
@रासस
+1
+1
+1
+1
+1
+1