एमाले पोलिटब्यूरो सदस्यलाई बैठकमा बोल्न ३ मिनेटको समय

१८ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा सबै नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सम्बोधन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि सबै पोलिटब्यूरो सदस्यलाई समय दिइएको हो ।

‘सबैले आफ्नो कुरा राख्न पाउँछन् । तर ३ मिनेटको समय दिइएको छ’ पार्टी सचिव योगेश भट्टराईले भने। उनका अनुसार ३ मिनेटको समयभित्र नछुटेको विषय लिखित रुपमा राख्न नेताहरुलाई भनिएको छ ।

पोलिटब्यूरोका सबै नेताले आफ्नो कुरा राखेपछि महासचिव पोखरेलले कार्य योजनामाथि जवाफ दिनेछन् । यसपछि अध्यक्ष ओलीले सम्बोधन गरेर पोलिटब्यूरो बैठक सक्ने योजना छ ।

प्रदेश अध्यक्षहरुलाई पदेन पोलिटब्यूरोको हैसियतबाट केन्द्रीय समितिको पदेन बनाइएपछि अब एमालेको पोलिटब्यूरोमा ९१ जना छन् । त्यसमध्ये १८ जना पदाधिकारी र २२ जना स्थायी समिति सदस्य छन् । @अनलाइनखबर

+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *